गाईको घिउ खादा हुने फाइदाहरु, यस्ता छन्

गाईको घिउ अन्य घिउको तुलनामा महंगोमा बिक्छ । केवल खानका लागि मात्र नभएर औषधिका रुपमा तथा नेपाल तथा भारतमा त धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा समेत गाईको घिउलाई लिइन्छ ।

गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्ति पनि बढ्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।

गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ । वैज्ञानिकहरु गाईको घिउमा विषहरण गर्नसक्ने क्षमता भएको तत्व हुने बताउँछन् जसले क्यान्सर रोग लाग्नबाट समेत बचाउउँछ ।

त्यस्तै शरीरमा शक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । माइग्रेन (टाउको दुख्ने) रोगका पीडितले यसको नियमित प्रयोग गर्नुपर्छ । साथै यसले रक्तचाप पनि कम गर्छ । यसमा स्थिर संतृप्त बान्डहरु अधिक हुनछन् र जसमा फ्रि रेडीकल्स निस्किने शंका अलि कम हुनछ । घीउाको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ ।

त्यस्तै आँखाको समस्याको कतिपय समस्यामा गाईको घिउको प्रयोग गर्नुले सहयोग पुर्याउँछ । त्रिफला र महसँगै गाईको घिउ मिसाएर खाँदा आँखालाई फाइदा पुग्छ । यसबाहेक खानामा बिहान—बेलुका खादा दिमागको विकास हुन्छ ।

गाईको घिउमा सबैखाले पोषक र हाम्रो शरीरका लागि फाइदा गर्ने तत्व पाइने भएकाले गाईको यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

हामी प्राय गाईको दुधबाट बनाइएको घिउ खाइरहेका हुन्छौं । हामी खानाको स्वाद बढाउनको लागी घिउ खाने गर्दछौ तर हामीलाई गाईको घिउले कुनकुन रोगबाट बचाउँछ भन्ने कुरा थाहानहुन सक्छ ।

गाईको घिउलाई विभिन्न घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

गाईको घिउले हामीलाई यी विभिन्न रोगहरुबाट बचाउँछ

बाडुली

लामो समयसम्म बाडुली लागेमा आधा चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।

कपाल झर्ने

कपाल झर्ने समस्याबाट धेरै महिलाहरू ग्रसित छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

एसिडिटी

एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुहोस् । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ ।

कानको पीडा

कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।

हातगोडा पोल्ने

गाईको घिउले पाइतलामा मालिश गर्नाले हातगोडा पोल्ने समस्या ठीक हुन्छ ।

हामीले केहि थप जानकारीहरु दिइएका छाै

आँखामा कस्ता समस्या आउँछन् ? कसरी बच्ने ?

आँखा हाम्रो शरीरको संबेदनशील अङ्ग मध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् ।

गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ । जाडो मौसममा भन्दा पनि गर्मी समयमा बढी मात्रामा आँखाकाे समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ ।

आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ ।

यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ ।

जसको कारण कहिलेकाहीँ नानीमा सङ्क्रमण भई दृष्टिसमेत गुम्न सक्छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक आँखा चिलाउने, आँसु आउने, सुन्निने, रातो हुनेलगायतका समस्या लिएर आउने बढेको बताउनुहुन्छ नेत्र विशेषज्ञ डा इन्दुप्रसाद ढुङ्गेल ।

राजधानीमा बढ्दो प्रदूषणका कारणले पनि आँखाको बिरामी अझ बढाएको उहाँको भनाइ छ । यस्तो खालको आँखाको समस्या देखिएमा आँखा सफा पानीले सफा गर्ने र बाहिर हिँड्दा राम्रो खालको चस्मा लगाउने गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ ।

यतिमात्र होइन घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुरबिरालो जस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने सङ्क्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता बस्तुमा भएको पराकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ ।

वयस्क मात्र होइन बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ ।

यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं ।

१. आँखामा जथाभावी औषधि नराख्ने

२. कचेरा आएमा आँखालाई हातले नछुने

३. आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

४. आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

५. गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने६. आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

७. आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने

८. आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

९. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने

१०.आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने

आँखाका केही समस्या यस्ता छन्

१.कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग

आँखा पाक्ने रोगलाई ‘कन्जन्टिभाइटिस’ पनि भनिन्छ । यसलाई गुलाबी आँखा पनि भन्ने गरिन्छ । आँखाको सेतो भागमा समस्या भएका बेला आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने गर्दछ ।

यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । तर, यसले दीर्घकालीन असर भने गर्दैन । समयमै उपचार गरेको खण्डमा यो रोग सजिलै निको हुन्छ । धुलो, धुवाँ, प्रदुषण औषधि तथा कस्मेटिक्सको एलर्जीले पनि आँखा चिलाउने, पाक्ने, सुन्निनेलगायत समस्या हुने गर्दछ ।

२.स्टाई अर्थात् आनो

यो संक्रमण परेलाको मुन्तिर सेवासियस ग्लाण्डमा हुने गर्छ । यो आँखाको बाहिर र भित्र दुबै ठाउँमा हुने गर्छ । यसलाई आनो अथवा ‘अन्धो’ पनि भनिन्छ ।

यसले हाम्रो शरीरलाई ठूलो हानी नोक्सानी गर्दैन । विशेष गरी यसमा पानी र पीपको मात्रा बढी हुन्छ । यसलाई बेस्सरी निचोरेको खण्डमा यसमा भएको किटाणु धेरै ठाउँमा सर्ने सम्भावना रहन्छ । त्यसैले यसलाई चाँडै सर्ने रोग पनि भनिन्छ ।

यसको संक्रमण हुँदा तातो बाफले सेक्नु अथवा पुदिनाको मसाज लिनु लाभदायक मानिन्छ । कुनै-कुनै अवस्थामा यसलाई निको पार्न औषधि तथा एन्टीवायोटिक प्रयोग पनि जरुरी हुन्छ ।

३.आँखा सुख्खा हुने

यो समस्या भएका व्यक्तिको आँखा चिलाउने, जलन हुने तथा आँखा सुख्खा हुने गर्छ । विशेष गरी आँखामा धेरै जलन भएमा आँखा धमिलो हुने सम्भावना रहन्छ ।

क्रमिकरुपमा परेला झिम्काइ राख्नाले पनि आँखालाई आराम मिल्छ । सामान्यतया यो समस्या बार्‍है महिना देखिने भए पनि वर्षातको समयमा फोहोर हातले आँखा समात्दा यसको संक्रमण अझ बढ्छ । यसबाहेक धुलो, धुँवा, प्रदुषणले पनि आँखाको जलनलाई बढाइरहेको हुन्छ ।

आई ड्रप्सले आँखा झिम्काउन तथा आँखाको जलन कम गर्न मद्दत मिल्छ । त्यसबाहेक आँखा दुःखेका बेला टीभी, कम्प्युटर, मोबाइलको प्रयोग नगर्ने तथा धेरैबेरसम्म किताब नहेर्नु पनि उपयुक्त मानिन्छ ।

आँखाको हेरचाह कसरी गर्ने ?

सुकेको अमला पानीमा भिजाएर उक्त पानीले आँखा सफा गर्ने ।

बेलको पातको रस छानेर दिनमा ३–४ पटक लगाउँदा आँखाको पीडा कम हुन्छ ।

तुलसीको पातको रस पनि आँखाका लागि फाइदाजनक हुन्छ ।

एक चम्चा त्रिफला चूर्ण महसँग खाने । त्रिफला भिजाएर आँखा सफा गर्दा पनि फाइदा मिल्छ ।

पैतालामा नित्य तोरीको तेल लगाउँदा आँखा दुख्ने–पोल्ने समस्या ठीक हुन्छ ।

गुलाबजलमा फिटकिरी घोलेर आँखामा लगाउँदा पीडा कम हुन्छ ।

आँखामा आनो (अन्धो) निस्कियो भने ल्वाङ पिसेर अर्थात् चन्दन जसरी घोटेर लगाइदिने ।

पानको पातको रस कपासको सहायताले लगाउँदा आनो ठीक हुन्छ ।

बाख्राको दूध अन्धो निस्किएको ठाउँमा लगाउने ।

रतन्धोको समस्यामा हरियो धनियाँको रस उपयोगी हुन्छ ।

गाईको गोबरको रस दिनमा ३–४ पटक लगाउँदा रतन्धोमा फाइदा मिल्छ |

आँखाको द्रिष्टि कसरी जाेगाउने ? यस्ता छन् ७ उपाय

१. झिम्क्याउने

निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ

पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ

गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका÷छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ

एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भी

सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ

सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा

अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ । एउटै एर्व निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ ।

आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*